काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । संविधानमा मन्त्रिपरिषदको संख्या बढीमा २५ सदस्यीय हुने कानुनी व्यवस्था छ । ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन् भने यादव संघीय समाजवादी फोरमका हुन् ।


ADVERTISEMENT

# # #


बंगलादेशमा पढ्ने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि साउन ८ गते तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रिविहीन थियो । प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारी मोरङ क्षेत्र नं ३ बाट निर्वाचित ढकाललाई दिएका हुन् ।

त्यस्तै भूमि व्यवस्था मन्त्री अर्याल यसअघि मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिइन् । सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई फुटाएर भूम् व्यवस्था छुट्टै मन्त्रालय बनाई अर्याललाई जिम्मा दिइएको हो ।

शुक्रबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि नवनियुक्त मन्त्रीहरुले आजै पदभारसमेत ग्रहण गरेका छन् ।