काठमाडौं– रातारात युटुबमा गीत गाएर भाइरल बनेका झापा दमकका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।


ADVERTISEMENT


भेटमा अशोकले प्रधामन्त्री ओली सामु आफ्नै ‘मन विनाको धन ठुलो कि धन विनाको मन’ बोलको गीत गाएर सुनाए । अशोकको गीत सुनिसकेपछि प्रधानमन्त्री ओलीले अशोकको गीतको प्रशंसा गरेका थिए ।


ADVERTISEMENT

# # #


ओलीले आफूलाई गीतसंगीत निकै मन पर्ने भएकाले पनि संगीतप्रेमी धेरैलाई माया गर्ने गरेको बताए । भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ । यसबिषयमा ओली सकारात्मक भएको गायक टंकले जनाएका छन् ।

कुनै समय झापाको सडकमा गीत गाउँदै हिँड्ने बालकको अफिसियल म्युजिक भिडियो धेरैले मन पराएका छन् । अशोकको म्युजिक भिडियो निकालेपछि देश विदेशका कन्सर्टमा अशोकलाई संगै लिएर हिड्नका साथै घर निर्माण कार्यमा समेत संगीतकार टंक जुटेका थिए ।