हेटौडा– प्रादेशिक सरकारले आवश्यक कानून अझै बनाउन सकेका छैनन् । संघीय राजधानीका जिल्ला समेत रहेको प्रदेश ३ सरकारको काम सुस्त देखिएको छ ।


ADVERTISEMENT


सरकार गठनपछि हालसम्म १० वटा कानून मात्र बनेको छ । ७ वटा मन्त्रालयका लागि एक सय कानुन आवश्यक भए पनि प्रदेश सरकार गठन भएको ६ महिनामा जम्मा १० वटा मात्रै कानुन बनेको हो । सरकारले कानून बनाउन तीव्रता देखाएको दाबी गरेपनि उपलब्धि हुन सकेको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६ महिनामा कम्तीमा १५ वटा कानुन निर्माण गर्नुपर्ने बताउँदै आए पनि सरकारले भने लक्ष्य पछ्याउन सकेको छैन ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारले कानुन निर्माणमा ढिलाइ हुनुमा प्रमुख प्रतिपक्ष कांग्रेसलाई दोष दिएको छ । कांग्रेसले विभिन्न माग राखेर सभा अवरुद्ध गरेका कारण कानुन निर्माणले गति नलिएको सरकारको ठम्याइ छ । तर, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस भने सरकारको उदासिनता नै कारक भएको आरोप लगाउँछ ।