काठमाडौं– पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेर नेपाली टोली सोमबार बिहान स्वदेश फर्कदैछ । नेपाली टिम सोमबार बिहान ८ः५० बजे जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए ।


ADVERTISEMENT


युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससाग २ एक दिवसीय खेलेको थियो । जसमध्ये दोस्रो तथा अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकालेको नेपालले शृंखला बराबरी गरेको थियो । यसअघि पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


जिम्बाम्बेमा भएको विश्वकप छनोट खेलबाट एक दिवसीयको मान्यता पाएको नेपालले पहिलो पटक वान डेमा डेब्यू गरेको हो । नेदरल्याण्ड भ्रमणबाट नेपाली युवा रोहित कुमार पौडेल कम उमेरमै एक दिवसीयमा डेब्यू गर्ने विश्वकै चौथो खेलाडी भएका छन् । यस्तै अलराउण्ड प्रदर्शन गरेका सोमपाल कामी एक दिवसीयमा सर्वाधिक रन लिने नेपाली खेलाडी भए । उनले दुई खेलमा ४ विकेट लिए भने एकै इनिङमा ६१ रन बनाएर नेपालका तर्फबाट कीर्तिमान रचेका छन् । पारस खड्काले कप्तानी इनिङ खेलेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल पुनः फर्ममा फर्केका छन् ।

नेपाली टिमका युवा खेलाडी सन्दिप लामिछाने बाहे अरू खेलाडी र टिम अफिसियल भोलि फर्कन लागेका हुन्। सन्दीप क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेष्ट इन्डिज (पोर्ट अफ स्पेन) गएका छन् । युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससंग खेल्नुअघि मेरिलीबोन क्रिकेट क्लव (एमसीसी) सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो । इंगल्याण्डको लर्डस् क्रिकेट मैदानमा भएको खेलमा नेपालले एमसिसिलाई हरायो भने नेदरल्याण्ड्ससँगको खेल वर्षाले रद्द भएको थियो ।