एजेन्सी– सलमान खानको फिल्म ‘भारत’ लाई प्रियंका चोपडाले छोडेपछि अब कट्रिना उक्त फिल्मकी नायिका बन्ने भएकी छिन् । सलमानले पहिले नै कट्रिनालाई फिल्ममा अनुबन्ध गर्न चाहेको र फिल्मको अफरलाई कट्रिनाले स्विकार गरेपछि सलमान निकै खुसी भएको बताइन्छ ।


ADVERTISEMENT


पारिश्रमिक नतोकि कनै फिल्म स्विकार गरेकी कट्रिनालाई सलमानले प्रियंका चोपडालाई बाचा गरेका पारिश्रमिक दिने बताइएको छ । एक रिपोर्ट अनुसार प्रियंकालाई फिल्मका लागि १२ करोड भारु दिइएको थियो । यस्तै, कट्रिनाले आफ्ना फिल्मका लागि पाँच–६ करोड भारु पारिश्रमिकको रुपमा लिने गर्छिन् ।


ADVERTISEMENT

# # #


अली अब्बास जफरले गरेका थिए अप्रोचः
कट्रिनाले भनिन्, ‘फिल्मका निर्देशक अली अब्बासको फोन आएको थियो । उनले मलाई गोल्डफिश भन्छन् । उनले मलाई स्क्रिप्ट पठाएको जानकारी दिए । जब मैले स्क्रिप्ट पढें तब मलाई मेरो क्यारेक्टर निकै मन पर्यो । फिल्मसँग जोडिन पाउँदा अब मलाई खुसी लागेको छ । ’

अली अब्बासले नै प्रियंका चोपडा ‘भारत’ बाट बाहिरिएको ट्वीटरमार्फत जानकारी दिएका थिए ।