काठमाडौं– कुनै समय ब्याक टु ब्याक हिट फिल्म दिएर स्टारडम कायम राख्न सफल रहेका नायक आर्यन सिग्देलको आज जन्मदिन परेको छ । सन् १९८१ अगस्ट ५ मा सुर्खेतमा जन्मिएका नायक आर्यन सिग्देलले आफ्नो जन्मदिनमा शुभकामना दिनेहरुलाई धन्यबाद दिएका छन् । नायक सिग्देल मोडलिङ,टिभी सिरियल हुँदै ठूलो पर्दासम्म देखिएका हुन् ।


ADVERTISEMENT


यतिबेला उनीद्धारा अभिनित फिल्म कायरा प्रदर्शनमा रहेको छ । गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले सुखद सुरुवात गरेको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र देशभरको करिब ८० हलहरू एकसाथ प्रदर्शनमा आएको थियो ।


ADVERTISEMENT

# # #


चलचित्रले पहिलो दिन मोफसलबाट करिब करिब १४ लाख ९६ हजार ७ सय ३२ रुपैयाँको व्यापार गरेको छ भने उपत्यका भित्र १७ लाख ६८ हजार ८ सय ६२ रुपैयाँ कलेक्सन गरेको छ । यसरी हेर्ने हो भने चलचित्रले पहिलो दिन कुल ३४ लाख ६५ हजार ५ सय ९४ रुपैयाँ कलेक्सन गरेको छ । चलचित्रले पहिलो दिनको अकुपेन्सी सुखद रहेको वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् ।