काठमाडौँ– चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ । जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सुरु भएको हो । मेला सुरु भएलगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागी हुँदै मोबाइल किन्नेको भिड लागेको छ ।


ADVERTISEMENT


चाबहिलको के एल टावरमा रहेको के एलमोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेलाआयोजना गर्दै अफरमाथि अफरमा सेवा ग्राहीलाई मोबाइल उपलब्ध गराउन थालेकोे हो । मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा खरिद गर्न सकिने छ ।


ADVERTISEMENT

# # #


ग्राहकले मोबाइलको ब्राण्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ता बन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । शनिबारदेखि सुरु भएको मोबाइल मेला २ सातासम्म चल्नेछ । मेला सुरु भएको दिन नै शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल खरिद गर्नका लागि १ सय७५ बढीले फारम भरेका छन् ।

कहाँ कहाँ पाइनेट यो सेवा ?

केही ब्राण्डका मोबाइलहरु शून्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शून्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ ।

अफरहरु केएल मोबाइल हब चावहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मलचौथो तल्लामा पनि उपलब्ध हुनेछ ।

के के आवश्यक पर्छ ?

ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ्ट ह्याम्परका साथै गोला प्रथाबाट प्रत्येक दिन एउटा मोबाइल वितरण गरिनेछ ।

यसका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनापनि मेला अवधिमा लागू गरिएको छ । यसका अलावा मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको मोबाइलहबका निर्देशक संगम राईले जानकारी दिए ।

‘मेलाअवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा बिक्री हुनेछ । मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले मोबाइल मेलाबाट फाइदा लिने विश्वास मोबाइल हबले लिएको छ ।’ मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले भने । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहबमा उपलब्ध छन् ।