काठमाडौं–उपभोग्य वस्तुमा नेपालीकाको परनिर्भरता बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनु परेको छ ।


ADVERTISEMENT


हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


यसमध्ये गत आर्थिक वर्षमा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ ।

यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ । नेपालीले खपत गर्ने औद्योगि समेत वस्तु विश्वका १४४ मुलुकबाट आयात हुने गरेको छ ।

सबैभन्दा बढी भारतबाट आयात हुने गरेको छ। – आजको नयाँ पत्रिकाबाट