बर्दिबास—महोत्तरीमा सोमबार साँझ ट्याक्टरबाट खसेर एक तीर्थ यात्रीको मृत्यू भएको छ । मृत्यु हुनेमा महोत्तरी गाँउपालिका ४ घर भएकी ६० वर्षीय मन्तुरीयादेखी मुखिया रहेकी छिन् ।


ADVERTISEMENT


मुखियां महोत्तरीबाट बर्दिबास ५ मा रहेको तीर्थस्थल टुटेश्वरनाथ महादेव मन्दिर दर्शन गरेर ज १ त ९३२६ नम्बरको ट्याक्टर चढी घर फर्किदै थिईन घर फर्कने क्रममा बर्दिबास नगरपालिका ४ मा रहेको छिन्नमस्ता ससस्त्र प्रहरी गण नजिकै ट्याक्टर आउदा ट्याक्टरको चक्क्मा उनको साडी अल्झीएर मुखिया ट्याक्टरबाट सखी गम्भीर घाइते भएकी थिइन ।


ADVERTISEMENT

# # #


घइते उनलाई उपचारकोलागी बर्दिबासमा रहेको शुभस्वास्तिक अस्पतालमा भर्ना गरीएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारकालागी जलेश्वर जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा उनको मृत्यू भएको बर्दिबास प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको बताइएको छ ।