अर्घाखाँची– जिल्लाको सन्धिखर्क नगरपालिका–४ कोटफेरामा सोमबार राति जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।


ADVERTISEMENT


सन्धिखर्कबाट जिल्ला कै मथुराबेशीको लागि छुटेको लु १ ज १७७० नम्बरको यात्रुबाहक जिप दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


अर्घाखाँची सन्धिखर्क नगरपालीका वडा नम्बर–४ कोटफेराका ३६ वर्षीय जिप चालक सन्तोष भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कबाट हिँडेको जिप मथुराबेसीमा यात्रुलाई पुर्‍याएर आफ्नो घरतर्फ फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेराको भित्री सडकबाट करिब ५० मिटर तल बारीमा खसेर दुर्घटना भएको हो । शवलाई अहिले जिल्ला अस्पताल सन्धिखर्कमा पोष्टमार्टमका लागि ल्याइएको छ। मृतक भुसालकी श्रीमती र २ छोरी रहेका छन् ।

मृतक जिप साहु र चालक दुवै भएको र विगत ११ वर्षदेखि जिप चलाउँदै आएका थिए । जिपमा एक जना मात्र सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।