काठमाडौं–इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन कपमा लियोनलाई हराउँदै अन्त्य गरेको छ ।


ADVERTISEMENT


अत्यान्त प्रतिस्पर्धात्मक खेलमा चेल्सीले फ्रेन्च लिग वान क्लब लियोनलाई सडनडेथमा ५–४ ले हराउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । दुवै टिमले पाएको सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा खेलको पेनाल्टीमा पुगेको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टी सुटआउटमा चेल्सीलाई जिताउन दोस्रो हाफमा मैदान छिरेका गोलकिपर रोबर्ट ग्रीनको भूमिका महत्वपूर्ण रह्यो । उनले एक पेनाल्टीसमेत बचाएका थिए ।

७४ औं मिनेटमा मार्सिनल बुल्काको स्थानमा मैदान छिरेका रोबर्टले उत्कृष्ट प्रदर्शन गरेका थिए। चेल्सीका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहँदा रोबर्ट ग्रीनले उच्च प्रदर्शन गरेका हुन् । योसँगै चेल्सीको प्रि–सिजनको अभ्यास खेलहरु सकिएको छ । चेल्सीले हडल्र्सफिल्ड टाउनसँग शनिबार खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।