काठमाडौं– प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला । तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्‍यो । त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो । प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए ।


ADVERTISEMENT


मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायममुकायम मात्रै हुन् । प्रदेश सरकार बनेको ६ महिनामै तीन प्रमुख सचिव फेरिनु आफैँमा अनौठो त थियो नै मुख्यमन्त्रीलाई समेत जानकारी दिइएन । निर्णय भएपछि मात्र उनले थाहा पाउँथे ।


ADVERTISEMENT

# # #


‘बुधबार पनि प्रमुख सचिव फेरिएछन् । मैले त निर्णय भइसकेपछि मात्र थाहा पाएँ, राईले भने, ‘सबै केन्द्रकै निर्णय हो । हामीसँग समान्य सोधपुछ गरिएन।’ प्रदेश सरकारहरू संविधानतः स्वायत्त शासकीय अभ्यासका लागि बनेका हुन् । तर ६ महिना बित्दा पनि उनीहरू स्वायत्त किसिमले चल्न पाएका छैनन् ।

‘एउटा कार्ययोजना बनाएर अघि बढ्न खोज्दाखोज्दै अर्को व्यत्ति परिवर्तन हुन्छ’, मुख्यमन्त्री राईले भने, ‘अनि फेरि नयाँले सिक्दासिक्दै समय बितिहाल्छ । – आजको कान्तिपुरबाट