काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्गसंग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुुसार यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशाला मा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त व्यायामशालामा MMA, Boxing, Advanced Cardio, Group Fitness Classes, Zumba, Yoga जस्ता सेवाहरु उपलब्ध छन् । साथै, Workout kl5 Relaxation का लागि Sauna सुविधाको पनि व्यवस्था गरिएको छ। उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाईल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।