वीरगंज– चार वर्षदेखि बन्द रहेको रक्सौलदेखि नरकटियागंजसम्म चल्ने रेल आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


कुल ४२ किलोमिटर दुरी रहेको यस रुटमा भारतीय रेल आइतबारबाट औपचारि सञ्चालनमा आएको हो । रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रका बासिन्दा हर्षित छन् । यातायातमा सहज हुने आशाले उनीहरु खुसी भएका हुन् ।


ADVERTISEMENT

# # #


आइतबार भारतीय रेलका उच्च अधिकारी एवं सांसद नेताहरुले नरकटियागंज–रक्सौल रेलको उद्घाटन गरेका हुन् ।

यस रुटमा तत्कालैबाट चारवटा रेल चल्ने जनाइएको छ । रेल छुट्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । जसअनुसार विहान ६ बजे, १० बजे, दिउँसो १ बजे र साँझ साढे ६ बजे रक्सौलबाट चारवटा रेल छुट्ने छन् । रक्सौलबाट नरकटियागंज पुग्न डेढ घण्टा समय लाग्ने बताइएको छ । रक्सौल–नरकटियागन्ज बीचमा भेलवा, कगंली हल्ट, सिकटा, पूरुषोत्तमपुर, मरजादवा, गोखुला स्टेसन रहेका छन् ।