काठमाडौँ– वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ ।


ADVERTISEMENT


शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उनको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिए। सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयाममा छ दशकभन्दा बढी समयसम्म योगदान दिएका थिए।


ADVERTISEMENT

# # #


शर्माको गत वैशाख २४ गते ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो । उनका पाँच दर्जनबढी पुस्तक प्रकाशित छन् । सङ्घका पूर्व अध्यक्ष एवम् चिन्तक निनु चापागाईंले ‘शर्मा होचो कदको अग्लो मान्छे भएको चर्चा गर्दै विरोधीसँग पनि मिलेर काम गर्न सक्ने क्षमतावान् हुनुहुन्थ्यो’ भने ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले शर्मा जनपक्षीय विचारका प्रणेता भएको जनाउँदै प्रगतिशील साहित्यिक क्षेत्रको धरोहरको निधनबाट अपुरणीय क्षति भएको बताए । शर्माका छोरी सम्झना शर्माले उनका बाँकी पाण्डुलिपिको प्रकाशनमा सबैको सहयोगको अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डङ्गोल, साहित्यकारहरू शान्तादास मानन्धर, हरिहर खनाल, राम विनय, वासुदेव अधिकारी, मित्रलाल पङ्ज्ञेनी, डा विन्दु शर्मालगायतले श्यामप्रसादको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुरेका थिए ।