रोल्पा– रोल्पा लिवाङबाट घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक जीप रुन्टीबढी गाउँपालिका–१ विसुनधारामा दुर्घटना हुँदा आज एक बालिकाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–९ का सुदीप कार्कीका चार वर्षीया छोरी ऋतु कार्की रहेको प्रहरीले जनाएको छ । लु १ च ९४९४ नम्बरको जीप दुर्घटना हुँदा सोहि जीपमा सवार ऋतुको च्यापिएर मृत्यु भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


सडकबाट ३० मिटर तल खसेको उक्त जीपमा १२/१५ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सामान्य घाइते भएकालाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ ।

जीपका चालक विशाल थापालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि वढाइएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सुरेन्द्र धमालाले जानकारी दिएका छन् । रासस