काठमाडौं– स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीबिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा (Cash Less Hospitalization) प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलाली बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।