काठमाडौं । पूर्वउपपधानमन्त्री एवं नेपाली काँग्रेस प्रतिनिधि सभा सांसद सुजाता कोईरालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवस्थाका बारे सरकार र पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।


ADVERTISEMENT


एकमात्र अन्तराष्ट्रिय विमानस्थलको भौतिक अवस्था, त्यहाँ कार्यरत कर्मचारीहरुको व्यवहारले देशकै ईज्जत गुम्ने खतरा भईरहेको बताउँदै कोईरालाले यो बिषयमा गम्भिर भएर सुधारका लागि तत्काल लाग्न पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई आग्रह गरेकी छन् ।


ADVERTISEMENT

# # #


सोमबार प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै नेपाल एयरलाईन्सको नयाँ बोईङका सम्बन्धमा समेत मन्त्रीले स्पष्ट पार्नुपर्ने बताएकी छन् ।

अन्य बिकशित देशहरुमा पहिलो प्राथमिकता बच्चा र असहायहरुलाई दिईने गरेको बताउँदै कोईरालाले नेपालमा समेत त्यस्ता उमेर समुह तथा अवस्थाका नागरिकहरुलाई सार्बजनिक स्थान देखि, सार्वजनिक यातायात लगायत सबै ठाउँहरुमा पहिलो प्राथमिकताका साथ राम्रो व्यवहार गर्नुपर्ने बताएकी छन् ।