एजेन्सी– स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका मिडफिल्डर सिल्भाले एक प्रेस विज्ञप्ति निकाल्दै सन्यासको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


सन्यास घोषणा गर्दै उनले राष्ट्रिय टोलीबाट पाएको सफलतामा गर्व रहेको बताए । आफूले करियरकै कठिन निर्णय लिएको भन्दै उनले यो निर्णय गर्न आफूलाई एक हप्ता समय लागेको बताए ।


ADVERTISEMENT

# # #


सन् २०१० मा स्पेनले विश्वकप जित्दा सिल्भा मुख्य खेलाडी थिए । यस्तै २००८ र २०१२ को युरोकप जित्दा पनि सिल्भा महत्वपूर्ण खेलाडी थिए ।

सन् २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३२ वर्षीय सिल्भाले स्पेनबाट १२५ खेल खेल्दै ३५ गोल गरेका छन्।

https://twitter.com/21LVA/status/1029034259238019073