काठमाडौं– एशियाली विकास बैंकको सहयोगमा बिहिवार प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका सेवा निर्देशनालयद्धारा सञ्चालित महिला तथा बालबालिका सेवा केन्द्र स्थापना परियोजना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय रोल्पामा सम्पन्न भएको उक्त कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमूख प्रहरी नायव महानिरिक्षक धिरु बस्न्यातको प्रमूख आतित्थ्यमा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


प्रहरी नायव महानिरीक्षक धिरु वस्न्यातले नेपाल प्रहरी नागरिक केन्द्रीत भएको बताएका छन् । नेपाल प्रहरी अपराध अनुसन्धान तथा सुचना संकलनमा सक्षम रहेको उनको भनाई छ । हिँसाको कारण बनिरहेको मादक पदार्थ सेवनलाई प्रहरीले नियन्त्रणमा लिएर सामाजिक हिंसा अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा डिआईजीपी बस्न्यातले राखेको भनाई यस्तो छ –

‘‘अपराध र अपराधको कुनै जात, धर्म, समाज, परिबार हुदैन । कानुनको अगाडी सबै समान हुने हुदा पातल र आकाशमा गएता पनि कुनै पनि हालतमा प्रहरीले उनीहरुलाई दण्ड गर्दछ । कानुनी शासन स्थापनाको लागि प्रहरीको बिकल्प छैन । नया महिला बालबालिका सेबा केन्द्रको भबनको स्थापना भएबाट स्थानीय रोल्पा बासिन्दाहरुले धेरै पहिले देखि देखेको प्रमाणमुखी सपना साकार भएको छ । अन्य जिल्लाहरु भन्दा रोल्पाको आफ्नै बिशेषता रहेको हुँदा नया भवनको प्रभावकारी उपयोगको कारण महिला र बालबालिका बिरुद्द हुने हिंसा न्युनिकरणको लागि अहम उदाहरणीय भुमिका खेल्ने बारेमा म बिश्वस्त छु ।’

उक्त कार्यक्रममा प्रमूख जिल्ला अधिकारी, ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरिक्षक किरण राणा, रोल्पा जिल्लाका नगरपालिकाका उपमेयर, गाउँपालिकाका अध्यक्ष, नागरिक समाजका प्रतिनिधि, पत्रकार, दातृ निकाय लगायतका गरी झण्डै ३८० जनाको उपस्थिति रहेको थियो ।

प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै रोल्पा जिल्लामा यस परियोजना
लागू भए पश्चात भए गरेका कामहरुको बारेमा बताएका छन् । जिल्लामा जनचेतना अभिवृद्धी भएको र उजुरीका संख्यामा वृद्धी भएको व्यहोरा जानकारी गराउँदै यस्ता कार्य हुनुमा प्रहरी कर्मचारीहरुको सक्रियता, प्रहरी कर्मचारीहरुप्रति जनताको विश्वास र गठन गरिएका सञ्जालहरुको प्रभावकारी भूमिका रहेको बताएका छन् ।