बर्दिया– बारबर्दिया नगरपालिकाको कानुनी सल्लाहकार अवैध ढङ्गले नियुक्त गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा स्थानीय बासिन्दाले उजुरी गरेका छन् ।


ADVERTISEMENT


सर्वजनिक सूचना जारी नगरीकन कोहलपुर नगरपालिका–११ बस्ने बाँकेका कानून व्यवसायी जयकृष्ण न्यौपानेलाई नियुक्त गरेको भन्दै बारबर्दिया नगरबासिन्दाले विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुँवरलाई भेटी नगरपालिकाको कार्यालयका नगर प्रमुख र उपप्रमुखले गैरकानुनी रुपमा कानुनी परामर्शदाता नियुक्त गरेको भन्दै नियुक्ति बदर तथा खारेजीको माग गरेका हुन् । कानून व्यवसायीलाई कुनै मौका नदिइकन वैतनिकरुपमा कानून व्यवसायी नियुक्त गरेको आरोप लगाउँदै स्थानीयबासिन्दा कर्मलाल थारु र खीमबहादुर थारुसहितको टोलीले खारेजी गर्न माग गरेको हो । रासस