काठमाडौं– नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले चन्दा उठाएको स्वीकार गरेका छन् । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा भोलि सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ ।


ADVERTISEMENT


सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ दिनभित्र उपस्थित गराउन आदेश दिएको थियो । प्रहरीका अनुसार प्रकाण्डले चन्दा लिएको स्जीकार गरेका छन् । अनुसन्धान अधिकारी समक्ष बयान दिने क्रममा उनले आर्थिक, भौतिक र नैतिक हिसाबले हामीले सहयोग लिएका छौं’ भनेका छन् । ‘चन्दा नभइ, सहयोग लिएको’ उनको दाबी छ । ‘हाम्रो पार्टीको नीति नै यही हो’, प्रकाण्डले बयानमा भनेका छन् ।


ADVERTISEMENT

# # #


विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउन पक्राउ परेका थिए । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छ ।

७ करोड ५६ लाख चन्दा उठाएको रेकर्ड
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रकाण्डले मात्रै ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेको छ ।

प्रकाण्ड पक्राउ परेपछि प्रहरीले कपनस्थित घरमा छापा मारेको थियो । त्यहाँ २०७३ साल चैतदेखि चन्द उठाएको विवरण बरामद भएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनको घरमा बरामद गरिएको व्यय विवरणमा विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुलाई दिइएको रकमको बारेमा उल्लेख गरिएको छ ।

प्रतिष्ठित उद्योगपतिदेखि दे व्यपारीहरुबाट विप्लव समूहले ठूलो रकम चन्दा उठाइरहेको सूचना गृह मन्त्रालयसम्म पुगेपछि समूहमाथि सुरक्षा निकायले निगरानी बढाएको थियो ।

प्रकाण्डको कसुर प्रमाणित भए चन्दा ऐन २०३० अनुसार २ वर्ष कैद वा संकलित रकम जफत वा दुवै सजाय हुनसक्छ ।