काठमाडौँ– निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।


ADVERTISEMENT


नेकपा एमालेका सदस्य गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दर्ता गराएका हुन् । रिटमाथि सोमबार सुनुवाई हुने भएको छ ।रिट निवेदकले निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, गैरकानुनी, स्थापित मूल्य मान्यता विपरित, पूर्वाग्रहपूर्ण, नियोजित र सत्तापक्षका मान्छे बसेर गठमेलका आधारमा तयार पारिएको योजना बमोजिम आएको जिकिर गरेका छन् ।


ADVERTISEMENT

# # #


आयोगको यो निर्णय बदर नभएमा भविष्यमा अपराधिक कार्यले प्रश्रय पाउने, निर्वाचन अन्तहीन प्रक्रिया हुने र दोस्रो चरणको निर्वाचनमा समेत सत्तापक्षको प्रभावमा परि निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसक्ने रिट निवेदकको दाबी छ ।

हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको पनि उल्लेख गरिएको छ । निर्वाचन आयोगले करिब एकसातापछि शनिबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । नेकपा एमालेले भने त्यसको विरोध गर्दै आएको छ ।

यही विषयलाई लिएर एमालेले संसद् अवरोध गरेको छ । जसले गर्दा आज बिहान ११ बजेदेखि हुने भनिएको प्रधानमन्त्री चयनको निर्वाचन प्रभावित भएको छ । सभामुख ओनसरी घर्ती मगरले एमालेको अवरोधको संकेत पाएपछि ३ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।