काठमाडौं– जल तथा मौसम विभागले काठमाडौंको विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको सम्भावना औंल्याएको छ । काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादलसहित ठूलो वर्षा सुरू भएको विभागले जनाएको छ ।


ADVERTISEMENT


क्युमुलोनिम्वस बादलले एकै ठाउँमा ठूलो वर्षा गराउँछ। झण्डै आठ दश किलोमिटर क्षेत्रमा थुप्रिएको बादललाई क्युमुलोनिम्बस भनिन्छ ।


ADVERTISEMENT

# # #


‘विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको संभावना छ’, विभागले ट्विटरमा लेखेको छ, ‘बेलुकी ५ बजेपछि तटीय क्षेत्रमा सतर्कता अपनाऔं ।’

क्युमुलोनिम्वस बादल लागेसँगै चट्याङ पर्ने र आँधी र हुरी आउने हुन्छ ।