बैतडी– विगत तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्ड अन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथि बाट सोमबार बिहान ठूलो पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो ।


ADVERTISEMENT

# # #


बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्छाएपछि आज दिउँसो साढे ३ बजेबाट राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिएका छन् ।

राजमार्ग सञ्चालनमा आएपछि विगत तीन दिनदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । रासस