सङ्खुवासभा– सङ्खुवासभाको चैनपुर नगरपालिका–३ बाहुनडाँडानजिक सिद्धपोखरी इलाका वन कार्यालयले आफ्नो पक्की कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । सरकारको रु ३५ लाखको लागतमा ४ वर्षमा सो भवन निर्माण सम्पन्न भएको हो ।


ADVERTISEMENT


इलाका वन कार्यालय सिद्धपोखरीले सम्बन्धित निकायमा भवन निर्माणको पूर्णताका लागि ताकेता गरेपछि जिल्ला वन कार्यालय सङ्खुवासभाले वन विभागमा माग गरेपछि भवन निर्माण भएको जिल्ला वन कार्यालय सङ्खुवासभाका प्रमुख सुशील भण्डारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


कार्यालयको भुइँ ढलान, प्लास्टर, रङ्गरोगन, वाइरिङका काम सम्पन्न गर्न रकम अभावमा नसकिएको हुँदा चैनपुर नगरपालिका कार्यालयमा बजेट माग गरी सो कार्यलाई सम्पन्न गरी असोज महिनाभित्र नै कार्यालय आफ्नो निजी भवनमा सर्ने बताइएको छ । रासस