जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाको समृद्धि विना प्रदेश र मुलुक समृद्धको कल्पना समेत गर्न नसकिने बताएका छन् ।


ADVERTISEMENT


दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन गर्दै उनले कुनै पनि बाहनामा महिलालाई उपेक्षित गर्न नहुने बताए ।


ADVERTISEMENT

# # #


महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमवद्ध रुपमा बेटी पढाउ बेटी बचाउ लगायतका महिला मैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

विभिन्न सामाजिक कुरीतिहरुका कारण महिलाहरु वर्षौ देखी विभेदमा रहदै आएको टिप्पणी गर्दै उनले प्रदेश सरकार त्यस्ता कुरीतिहरु अन्त गर्न सशक्त कानून ल्याउन लागेको समेत बताए ।

प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत आरक्षणमा महिलाको लागि आधा सिट सुरक्षित गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए ।

समाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको अध्यक्षतामा भएको उत्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले वालविवाह दहेज प्रथा जस्ता कुरीतिहरुले महिलालाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरीतिहरुलाई अन्त गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेशभरीबाटै प्रतिनिधिमूलक रुपमा बालिकाहरुको सहभागिता रहेको थियो ।