काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न भनेको हो । उनी चन्दा असुलीको आरोपमा पक्राउ परेका थिए ।


ADVERTISEMENT

# # #


तर, छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले बाटोको म्याद बाहेक ४८ घन्टाभित्र हाजिर गराउन आदेश दिएपछि प्रहरीले शुक्रबार सर्वोच्चमा उपस्थित गराएको थियो ।