कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा रहेको महाकाली चिनी मिलले क्षमता विस्तार गरेको छ । आठ हजार मेट्रिक टन दैनिक उखु क्रसिङ गर्दै आएको मिलको क्षमता विस्तार गरी दैनिक २२ हजार मेट्रिक टन उखु क्रसिङ गर्ने बनाइएको छ ।


ADVERTISEMENT


क्षमता विस्तारका लागि आधुनिक उपकरण जडान गरिएको मिलका एससिएम म्यानेजर सिडी पाण्डेले बताएका छन् । “मिललाई आवश्यक पर्ने उखुको अझै अभाव रहेको छ ” उनले भने । उनका अनुसार हाल दैनिक १० लाख मेट्रिक टन उखु मात्रै मिललाई उपलब्ध हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


उखुको उत्पादन बढाउन किसानलाई आधुनिक तरिकाले उखुखेती गर्ने तरिकाबारे जानकारी दिने, उन्नत बीउ उपलब्ध गराउने र आधुनिक उपकरणको प्रयोगबारे जानकारी दिने कार्यसमेत भइरहेको उनले बताएका छन् । मिलले गरेको सर्भेक्षण अनुसार कञ्चनपुरमा ११ बिघा खेतमा उखु खेती हुने गरेको छ । मिलले जनरल उखुको मूल्य रु ४५० र अर्लिजातको उखुको मूल्य रु ४७० निर्धारण गरेको छ ।

किसानलाई भुक्तानी दिँदा खातमा सोझै पैसा पठाउने व्यवस्था मिलले गरेको छ । मिलमा उखु बिक्री गरेका सबै किसानको भुक्तानी भइसकेको मिल सञ्चालकको दाबी छ । मिलमा उत्पादित चिनी चितवन, बुटवल, नेपालगञ्ज र पहाडी जिल्लामा बिक्री हुने गरेको छ । रासस