काठमाडौं–लियोनल मेसी र फिलिप्स कौटिन्होको गोलबाट ला लिगा फुटबलमा साबिक बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ३–० ले हराउँदै बार्सिलोनाले सिजनको शुखद सुरुवात गरेको छ ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेसीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे । क्याम्प नाउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।


ADVERTISEMENT

# # #


खेलको ६४ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै कप्तान मेसीले बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले लिगमा डेब्यु गरिरहेका आर्थरको पासमा गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को सहज जित हात पार्दै लिगमा ३ अंक जोड्यो ।

अलाभेसविरुद्धको जितसँगै बार्सिलोनाले क्लब इतिहासमा ६ हजार गोलको कोशेढुंगा पार गरेको छ ।

सिजनको पहिलो खेलमै तीन गोल गरेको बार्सिलोनाले विपक्षीको पोष्टमा ६ हजारौं गोल गर्न सफल भएको हो । बार्सिलोनाका लागि ६ हजारौं गोल कप्तान मेसीले गरेका हुन् ।