झेन्झाउ– चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको आँधीका कारण दुई लाख ६० हजार प्रभावित भएका छन् । यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT


हेनान प्रान्तमा शुक्रबार र शनिबार भएको ठूलो बर्षाका कारण धेरै सहर तथा जिल्लाहरुमा बाढी आएको थियो ।


ADVERTISEMENT

# # #


प्रान्तीय गृह मामिला विभागले स्थानीय समय अनुसार शनिबार बेलुका ९ बजेको मुसलधारे बर्षाका कारण ६२ लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जनाएको छ । यसले कृषि क्षेत्रमा अझ बढी नोक्सान गरेको छ ।

अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नरहेको समाचारमा जनाइएको छ । बाढीका कारण १३८ ओटा घर क्षतिग्रस्त भएका छन् ।

स्थानीय गृह मामिला विभागले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि उद्धारकर्ताहरु परिचालन गर्नुका साथै घरबारविहीन भएकाहरुलाई स्थानान्तरणको व्यवस्था गर्न लगाएको जनाएको छ ।

सरकारी अधिकारीहरुले मौसमको अवस्था तथा परिवर्तन, नदीको जलस्तर तथा प्रकोपको अवस्थाका बारेमा नियमित अनुगमन गरिरहेका छन् ।