बैतडी– शनिबार बिहानदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत महाकाली नगरपालिका–७ काँकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रबार बिहानबाट राजमार्ग अवरुद्ध भएको थियो ।


ADVERTISEMENT


अवरुद्ध राजमार्ग जेसिबी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आज मध्याह्नदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिउका छन् । लामो प्रयासपछि राजमार्ग सञ्चालन भएको छ, उनले भने, “अस्थायीरुपमा सडक सञ्चालन भए पनि वर्षा हुँदा पुनः राजमार्ग अवरुद्ध हुने सम्भावना छ ।”


ADVERTISEMENT

# # #


राजमार्ग सञ्चालन भएपछि जिल्ला भित्रिने तथा बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । सवारीसाधन सञ्चालनमा आएपछि यात्रुलाई आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसअघि पनि मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा पहिरो खस्दा सोमबादेखि अवरुद्ध रहेको उक्त राजमार्ग बुधबारबाट सञ्चालनमा आएको थियो । रासस