एजेन्सी– दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ ।


ADVERTISEMENT


राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ । धेरै मानिसहरु राति खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ । राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ ।


ADVERTISEMENT

# # #


यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ । वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ । जस्तो कि, शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ ।

घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । अन्यथा यसले दुखाईलाई झनै बढाउनेछ । हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा । तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ ।

जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ । दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ ।

मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ । मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।