चितवन– चितवन जिल्लाको दुई स्थानमा किशोरी बलात्कारको भएको घटना सार्वजनिक भएको छ । सामुहिक बलात्कृार गरेको आरोपमामा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोप छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका–४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नं २ का १९ वर्षीय महानगरपालिका वडा नं २९ का ३५ वर्षीय अर्जुन वि क सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नं ११ का २० वर्षीय आकाश थापा, र अर्का १७ वर्षीय बालक छन् ।


ADVERTISEMENT

# # #


पक्राउ परेकाहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवक रहेको र उनीहरुले मादकपदार्थ सेवन गरी किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।

त्यस्तै चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । किशोरीलाई बलात्कार गरेको भन्दैं दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतो रहेको चितवनका डीएसपी आचार्यले जानकारी दिएका छन् ।