काठमाडौं– केहि साता अघि पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले खड्गबहादुरलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो । उनलाई अहिले काभ्रेको एक क्रसर उद्योगमा विस्फोटन गराएको आरोपमा अनुसन्धानको लागि हिरासतमा राखेको छ ।


ADVERTISEMENT

# # #


खड्गबहादुर यसअघि चन्दा संङ्कलनको आरोपमा पक्राउ परेको थियो ।