इनरुवा– सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिएका छन् ।


ADVERTISEMENT


# #


आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख, घाइते १८ जनालाई १३ लाख ४३ हजार, घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई रु १९ लाख ६६ हजार, बालीनाली नष्ट भएका ४६१ परिवारलाई रु ३१ लाख सात हजार क्षतिपूर्ति उपलब्ध गराएको हो । रासस

प्रतिकृया

प्रतिकृया