काठमाडौं–नेपाल ग्यास उधोगले नयाँ प्रविधिको कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ । सो सिलिन्डरको बिक्रि प्रवद्र्घन उद्घाटन उधोग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले गरेका हुन् ।


ADVERTISEMENT


नयाँ कम्पोजिट सिलिन्डर पूर्ण सुरक्षित र विस्फोट नहुने विशेषतायुक्त छ । यसलार्इ आगोले विस्फोट गर्न सक्दैन्, त्यसैले उपभोक्ताले आफू पूर्ण सुरक्षित भएको विश्वास गर्छन् । हरेक कम्पोजिट सिलिन्डरलार्इ प्रयोगशालामा परीक्षण गरिएको हुन्छ ।


ADVERTISEMENT

# # #


यो सिलिन्डर पारर्दशि भएकाले उपभोक्ताले ग्याँसको लेभल सजिलै जाँच्न सकिन्छ । अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेन्डली मानिएको सो सिलिन्डर सबै मौसममा उपयुक्त मानिएको छ ।

हाल बिक्री बितरणका लागि कम्पोजिट सिलिन्डर १४ः२ केजी ५ केजीमा उपलब्ध छ । हाल यसका २६० भन्दा बढी डिलरले काठमाडौंमा सेवा पुर्याइरहेका छन् भने उपत्यकाबाहिर २ सय बढी डिलर रहेका छन् । – आजको राजधानी दैनिकबाट