काठमाडौं–हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । स्ट्रिम २०० आर मोटरसाइकल उसले हालहालै भारतमा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


नेपालमा भने आगामी दशैंको अवसर पारेर सो मोटरसाइकल ल्याउन लागिएको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडले जनाएको छ । सो मोटरसाइकलको मुल्य नेपालमा भने सार्वजनिक भइसकेको छैन् ।


ADVERTISEMENT

# # #


भारतमा यसको मुल्य ८९ हजार ९ सय ९० भारु तोकिएको छ पल्सर एनएस २०० र अपाची आरटीचार २०० लाई टक्कर दिन हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको हो । भारतमा पल्सर एनएस २०० को १ लाख र अपाची आरटिआर २०० को १ लाख ३ हजार छ ।

मोटरसाइकलको विशेषता भनेको यो २ सय सिसिको सिंग्गल सिलिण्डर एयर कुल्ड भएको मोटरसाइकल हो ।

नयाँ मोटरसाइकलमा ५ गेयर बक्स छ भने १८ दशमलव ४ बीएचपीको पावर छ । मोटरसाइकलको सर्वाधिक गति एक घन्टामा १ सय १४ किमी रहेको कम्पनीले जनाएको छ ।