रेखा थापाद्वारा अभिनित, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को दोस्रो गीत सोमबार सार्वजनिक भएको छ ।


ADVERTISEMENT


भिडियोमा फिल्मका लिड कलाकार रेखा र कमला वलीको यात्रा देखाइएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर…’ बोलको गीतमा आस्था राउतले स्वर दिएकी छन् ।


ADVERTISEMENT

# # #


हरेक फिल्ममा नारी सशक्तिकरणको आवाज उठाउने रेखाले यसपटक ‘मालिका’ मा बाल विवाहको कथालाई टिपेकी छन् । सार्वजनिक गीतले पनि मूल कथालाई प्रस्ट्याएको छ ।

रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।

नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

यसअघिनै मालिकाको पहिलो गीत ‘हल्का माया के माया…’ सार्वजनिक भइसकेको छ।

‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् ।

 

हेर्नुहोस भिडियो