काठमाडौँ– आईसीसी च्याम्पियन्स ट्रफीमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ लुइस नियमका आधारमा १२४ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


भारतले पाकिस्तानसामू २८९ रनको लक्ष्य राखेको थियो । तर, पाकिस्तान ३३.४ ओभरमा सबै विकेट गुमाएर १६४ मात्र बनाउन सक्यो ।पाकिस्तानका अन्तिम ब्याट्सम्यान वहाब रियाज चोटका कारण मैदान नै उत्रिएनन् । यसअघि भारतले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । वर्षाका कारण ४८ ओभरमा छोट्याइएको खेलमा भारतले ३ विकेट गुमाएर ३१९ रन बनायो ।


ADVERTISEMENT

# # #


भारतका ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरे । रोहितले सात चौका र दुई छक्काको मदतमा ९१ रन बनाए भने धवनले ६८ रन जोडे । कप्तान विराट कोहलीले पनि राम्रो पारी खेले । ६८ बलमा ८१ रन बनाएका उनी अविजित रहे । पाकिस्तानी टोलीको खराब फिल्डिङले पनि भारतलाई ठूलो स्कोर बनाउन मदत गरेको थियो ।

युवराज सिंहले सुरुवातमा नै जीवनदान पाए, जसको फाइदा उठाउँदै उनले ३२ बलमा ५३ रन बनाए । पाकिस्तानी बलरहरुको प्रदर्शन यति खराब रह्यो कि अन्तिम चार ओभरमा मात्र ७२ रन दिएका थिए । हार्दिक पाण्डेयले मात्र ६ बलमा तीन छक्काको मदतमा २० रन बनाउँदै भारतको स्कोर ३१९ बनाउन मदत गरे । पार्कितानले डीएल नियमका आधारमा ४१ ओभरमा २८९ रनको लक्ष्य पाएको थियो ।

तर, उसको टिम त्यसबेला संकटमा पर्यो, जब १३१ रन बनाउँदा उसका पाँच ब्याट्सम्यान पभेलियन फर्किसकेका थिए । अजहर अलीले ५० र मोहम्मद हफीजले ३३ रन बनाए ।

बाँकी कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । भारतका उमेश यादवले ३, हार्दिक पाण्डेय र रविन्द्र जडेजाले २–२ विकेट लिए ।