काठमाडौँ– धुर्मुस–सुन्तली फाउन्डेसनले करिव ५ अर्ब रुपैयाँको लगानीमा  ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना अघि सारेको हो । भूकम्पपछिको तीन वटा एकीकृत बस्ती निर्माण गर्न सफल भएको फाउन्डेसनले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चौथो योजना सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा करिव ५ अर्ब रुपैयाँको ‘नमूना नेपाल’ परियोजना घोषणा गरिएको हो । अवधारणा सार्वजनिक कार्यक्रममा कलाकार जोडीले परियोजनालाई ‘अतिमहत्त्वाकांक्षी’ भनी टिप्पणी गरे ।

‘जुन परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबर्द्धनको लागि महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं । सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल,’ धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सितराम कट्टेलले भने ।

फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपनी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ।

फाउन्डेसनले सबै समुदाय, जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने पनि स्पष्ट पारेको छ । फाउन्डेसनले यस अघि भूकम्प अति प्रभावित काभ्रेस्थित पाँचखाल डाँडागाउँमा, सिन्धुपाल्चोकको गिरानचौरमा र मुसहर बस्ती महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती बनाईसकेको छ ।

यस्तो हुनेछ धुर्मुस-सुन्तलीको ५ अर्बको ‘नमुना नेपाल’ हेर्नुहोस: