काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्र खेल्ने भएकी छन् । उनले ‘पासवर्ड’ नामक नेपाली चलचित्र अभिनय गर्न लागेकी हुन् । एबी इन्टरनेशनलले पहिलो पटक निर्माण गर्न लागेको ‘पासवर्ड’मा सन्नीको अभिनयका साथै आइटम डान्ससमेत रहने बताइएको छ ।


ADVERTISEMENT


‘सन्नी यसका लागि उत्साहित छिन् र नेपाली चलचित्रलाई माया गर्नुपर्छ भन्ने मन बोकेकी बलिउड अभिनेत्री हुन’ एबी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


ADVERTISEMENT

# # #


सन्नीले चलचित्रका मुख्य अभिनेता बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ । उनी यस फिल्मको लागि केही सातामै लन्डन पुग्नेछिन् ।

निर्माण पक्षका अनुसार फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाई रहेको छ ।

फिल्ममा सन्नी र विक्की जोशीसहित दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङको, अनुपविक्रम शाही (नेगेटिभ रोलमा), रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतको समेत अभिनय रहनेछ ।

सस्पेन्स, एक्सन र थ्रीलर जनरामा बन्ने चलचित्र सम्राट बस्नेतले निर्देशन गर्न लागेका हुन् । उनको यो निर्देशनमा डेब्यु चलचित्र हो । यसअघि उनले दर्जनौं चलचित्रमा एक्सन र कोरियोग्राफी गरेका छन् ।

अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अमित बस्नेत र हिरल जोशी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेतको लेखन रहेको छ ।