काठमाडौं– बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने सात देशका राष्ट्र प्रमुखहरूलाई सरकारले गोकर्णस्थित गोकर्ण रिसोर्टमा रात्रिभोज दिने जनाइएको छ । तर गोकर्ण जाने बौद्ध–जोरपाटी–गोकर्ण सडक भने भत्काएर छोडिएकै अवस्थामा छ ।


ADVERTISEMENT


समयमै सो सडक (बाटो) नबनेका कारण गोकर्णमा दिने भनिएको रात्रिभोज अन्यौलमा परेको छ । लामो समयदेखि खनेर लथालि‌ंग पारिएको सो सडक समयमै पिच गर्नबाट सरकार चुकेको छ । अन्य सडक पाहुना आउनुपूर्व रातारात पिच गरिए पनि बौद्ध–जोरपाटी सडक भने बेहाल अवस्थामै छ ।


ADVERTISEMENT

# # #


बाटोको अवस्था सुधार नभएपछि कि त गोकर्णमा गर्ने भनिएको रात्रिभोज अन्यत्रै सार्ने या सेनाको हेलिकप्टरबाट पाहुनाहरुलार्इ त्यहाँ लग्ने विकल्पमा समेत छलफल थालिएको छ । तर हेलिकप्टर पनि उपयुक्त विकल्प नभएको जानकारुले सुझाव दिएको बताइन्छ ।

यही भदौ १४ र १५ काठमाडौँमा बिमस्टेक सम्मेलन हुँदै छ, जसका लागि ७ राष्ट्रका राष्ट्र प्रमुख/सरकार प्रमुख नेपाल आउँदैछन् । सरकारले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।