काठमाडौं– यतिबेला काठमाडौंले मुहार फेरेकोे छ । सडक वरिपरिका फुटपाथ रंगिएका छन्, खाल्डाखुल्डी पुरिएका छन् । सडकमा देखिएको पविर्तनले काठमाडौंको विकासमा परिवर्तन आएको आभाष पनि हुन्छ । एयरर्पोर्टदेखि होटल सोल्टी र चावहिल देखि जोरपाटीसम्मको सडकले यति छिटो प्रगति गरेको छ कि जनताको दैनदिनका समस्यामा केही भएपनि राहत मिलेको छ ।


ADVERTISEMENT


बिम्स्टेक सम्मेलनलाई लक्षित गरि लाज ढाक्न गरिएको क्षणिक परिवर्तनप्रति जनता भने आक्रोशित छन् ।
धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंको यो दृश्य देख्दा । आम नागरिकले पटक पटक घचघचाउँदा ध्यान नपुगेका सडक एकाएक सिंगारिँदै छ । सरकारको नजर नपुग्ने शहरभित्रका मुख्य सडकका खाल्डाखुल्डी पुर्ने तथा सडक छेउछाउका फोहोरका डंगुरलाई व्यवस्थित गर्ने काम भइरहेको छ । तिलगंगादेखि सिनामंगलसम्म सडकको एकातर्फ चिनियाँ दुबो लगाइएको छ ।


ADVERTISEMENT

# # #


चाबहिल, तीनकुने, नयाँ बानेश्वर, माइतिघर हुँदै सोल्टी होटलसम्म पुग्ने सडकमा पनि रंगरोगन गरिएको छ । तीनकुनेको खाली जग्गा निलो जस्ताले छोएिको छ । अलिक तल आइपुग्दा माइतीघर मण्डलामा समेत रंगरोगन भइरहेको छ । यि सबै दृश्य हेर्दा लाग्छ कि सरकार जनताप्रति उत्तरदायी भएको आभाष मिल्छ । तर, सत्य फरक छ । भदौ १४ र १५ गते हुने बिम्स्टेक सम्मेलनलाई लक्षित गरि पाहुना आउनुपूर्व घर आंगन सफा गरेजस्तै गरी सरकार लाज पाहुना आउनुपूर्व घर आंगन सफा गरेजस्तै गरी सरकार लाज छोप्न हतारमा विकास गरिरहेको छ ।

अव्यवस्थित तार, होडिङ बोर्डका साथै सार्कको समयमा जडान गरेका सोलार बत्तीको पनि मर्मत भइरहेको छ । अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा र विदेशी प्रमुख आउँदा मात्र काठमाडौंको रुपरंग फेरिने प्रवृत्तिले उपत्कावासी आजित मात्र होइन आक्रोशित पनि छन् ।

पाहुना आउँदा मिठो मसिनो खाने र घर सरसफाई गर्ने नेपाली संस्कृति नै हो । तर, यतिसम्मकी अरु बेलामा सिन्को पनि नभाँच्ने र जनताको दैननदिनको समस्या समेत समाधान गर्न नसक्नेले विदेशी पाहुनका लागि रातारात परिवर्तन ल्याउन सक्दा जनता आक्रोशित हुनु स्वभावीक नै हो ।

दत्तचित्त भएर काम गरे जनताले भोग्दै आएका समस्या समाधान नहुने त पक्कै होइन । तर, जबजब सरकारबाट कर्मकाण्डी काम हुन्छ तब तब जनता आफूले मत दिएर निर्वाचित गरेर पठाएका प्रतिनिधिलाई कोस्ने तीतो यथार्थ नै बनिसकेको छ ।