कञ्चनपुर– अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।


ADVERTISEMENT


गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि आज जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रुपराम तिरुवाका अनुसार वार्षिक अधिकतम ५० दिन हिउँदे, बर्खे र स्थानीय बिदाबाट मिलान हुने गरी जेठ २३ देखि २६ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरिएकोे छ ।

बैठकमा जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, विद्यार्थी सङ्गठनका प्रतिनिधि, शिक्षक सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता थियो ।