काठमाडौं– नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले नेपाली काग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अहिलेको बहुमतको सरकार सफल भएको हेर्न चाहेको र सरकारलाई सफल बनाउन काँग्रेसले साथ दिने बताएकी छिन् ।


ADVERTISEMENT


प्रतिनिधिसधाको बैठकको विशेष समयमा बोल्दै उनले दुई तिहाइको सरकार सफल बनाउन काँग्रेसले साथ दिने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले अहिलेको दुई तिहाइको सरकार सफल भएको हेर्न चाहान्छौ।’ उनले भनिन्, ‘यो सरकार असफल भए प्रजातन्त्र पनि असफल हुन्छ । यो सरकारले समृद्ध नेपाल बनाओस् । कांग्रेसको साथ रहनेछ ।’

कोइरालाले अहिले नेकपाको दुई तिहाइको सरकार भएकोले समाजको उन्नति गर्न सरकारलाई कांग्रेसले साथ दिने बताइन् । सरकारले राष्ट्रियताको कुरा गर्दै गर्दा जनताको गाँसबासको पनि ध्यान दिनुपर्ने बताउँदै उनले देश कृषिप्रधान भएकोले कृषिमा पनि ध्यान दिनुपर्ने उल्लेख गरिन् ।

गरिबीको रेखामुनी रहेका जनताको बिहान के खाँउ रु बेलुका के खाँउ रु भन्ने समस्याको समाधान नगरिकन देश विकास र समृद्धिको गन्तब्यमा पुग्न नसकिने कोईरालाको भनाई छ । गरिबी मेटाएमा मात्र राष्ट्रियता बलियो हुने भन्दै समृद्धि तर्फ अघि बढ्नु अघि जनतका दैनिक जीवनयापन र आधारभूत बिषयहरू सम्बोधन गर्नु पर्ने उनको भनाई छ ।

नेपाल कृषिप्रधान देश भएको तर कृषि योग्य जमिन बर्सेनि बाढीका कारण प्रभाबित बनिरहेको र कृषि उत्पादनमा ह्रास आईरहेका कारण बाढि नियन्त्रण गरी कृषकको कृषि उत्पादकत्वको रक्षा गर्न तर्फ समेत उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।