काठमाडौं– देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योल बन्न पुगेको छ ।


ADVERTISEMENT


२०७० सालदेखि त्रिवि किर्तिपुर र केन्द्रीय विभागहरुमा सेमेस्टार सुरु गरेको त्रिविले सेमेस्टर प्रणालीको विषयमा आफू र दाता अनुकुल हुने गरी मनलाग्दी निर्णय गर्दा सयौं विद्यार्थीहरुको भविष्य अन्धकार हुने अवस्थामा पुगेको हो ।


ADVERTISEMENT

# # #


त्रिविले सेमेस्टर सुरु हुँदा २.७ वा सो भन्दा बढी जिपिए ल्याउनेलाई पास गराउने नीति लागू गरेकोमा पहिलो र दोस्रो ब्याजका विद्यार्थीले चौथो सेमेस्टर अध्ययन समापन गरिसकेपछि अहिले आएर एसजिपिए ३ प्राप्त नगर्ने विद्यार्थीलाई फेल गराई दिएको छ । त्रिविले केही समय अघि भने ३ एसजिपिए भन्दा कम प्राप्त गर्नेलाई समेत ट्रान्सक्रिप्ट वितरण गरिसकेको थियो । त्रिवि आफ्नै निर्णय समेत गैरकानुनी र आफैंमा विवादित देखिएको छ ।

सुरुमा एउटा व्यवस्था गर्ने र भूत प्रवाही हुने गरी सेमेस्टार प्रणाली लागू भएको वर्र्षौपछि अर्को निर्णय गर्ने त्रिविको निर्णयपछि विद्यार्थीहरु आक्रोशित समेत बनेका छन् । विश्व बैंकको अनुदानमा सुरु भएको सेमेस्टर प्रणालीमा विश्व बैंकको कम्प्लेनपछि पाँच वर्षपछि विद्यार्थीको भविष्य नै अन्धकार हुने निर्णय गरेको विद्यार्थीहरुको भनाई छ ।

त्रिविले वर्षदिन अघि नै भूतप्रवाही हुनेगरी एसजिपिए ३ ल्याउनुपर्ने नयाँ नियम लागू गरेपनि सार्वजनिक नगर्दा विद्यार्थी झनै आक्रोशित बनेका छन् । आम सञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका एक विद्यार्थी शोधपको कार्य सकेर ट्रान्सक्रिप्ट लिन त्रिवि कार्यालय बल्खु पुग्दा उनको प्रिन्ट भएको ट्रान्सक्रिप्टमा हातले नै फेल लेखिदिएको थियो । त्यसपछि मात्र विद्यार्थीहरुले नियमबारे थाहा पाएका थिए । – आजको राजधानी दैनिकबाट