काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन् ।


ADVERTISEMENT


कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई खोजी कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्दा भण्डारासहित थुप्रै आन्दोलनकारी घाइते भएका थिए । गृह मन्त्रालयले बिहीबार मात्र पन्तको हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

घाइतेलाई गृहमन्त्रीले भेटे

कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् ।

शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यसअघि कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको घटनामाथि प्रहरीले गरेको अनुसन्धानमा प्रश्न उठाउँदै चर्किएको आन्दोलनका क्रममा बिहीबार गोली लागेर ४ जना घाइते भएका थिए । त्यसमध्ये भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।