एजेन्सी– बलिउड अभिनेत्री अदा शर्मा आफ्नो डान्सिङ भिडियोका कारण चर्चामा छन् । यसै समयमा उनको केही तस्वीरहरु सार्वजनिक भएका छन् । जहाँ उनी मैलो परेको साडी लगाएकी छन् । बिना मेकअप वाला अन्दाजमा उनले सब्जी बेचिरहेकी दृश्यलाई तस्वीरमा नियाल्न सकिन्छ ।


ADVERTISEMENT


यो तस्वीरमा उनको नयाँ फिल्मको लागि खिचिएको टेस्ट लुक्सको हो । अहिले अदाले एक फिल्मको लागि अडिशन दिएकी छन् । यसै सिलसिलामा उनले यस्तो लुक बाहिर ल्याएकी हुन् । सो फिल्म उनले पाईन् या पाईनन् ? यो फिल्मका उनको रोल के हो ? लगाएतको प्रश्नको उत्तर बाहिर भने आएको छैन ।


ADVERTISEMENT

# # #


१० वर्ष देखि उनले कुनै पनि ठूलो फिल्म गर्न पाएकी छैनन् !
अदा शर्माले ‘हम है राही कार के’ (२०१३) र ‘हँसी तो फँसी’ (२०१४) लगाएतका फिल्ममा उनले काम गरेकी छन् । तर यी फिल्महरुले खासै राम्रो गर्न सकेन । साथै अहिलेसम्म उनले कुनै पनि ठूलो प्रोजेक्ट गर्न पाएकी छैनन् ।

२०१७ मा ‘कमाण्डो २’ अदा शर्मा अभिनेता विद्युत जालालको साथमा देखिएकी थिइन् । जहाँ उनको अभिनयलाई दर्शकहरुले मन पराएका थिए ।