काठमाडौं– नेपाल र भारतबीच रेल सम्बन्धी दुई समझदारीमा हस्ताक्षर हुने भएको छ । काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पारेर दुई समझदारीमा हस्ताक्षर हुने भएको हो ।


ADVERTISEMENT


भदौ १४–१५ मा हुने विमेस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै छन् । सरकारले रेल लाइन र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । यसअघि दुवै देशमा भएको भ्रमणका क्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको रेल सम्झौताको प्रसंग उठाउँदै आएका थिए । यसैगरी श्रीलंकासँग पनि केही सम्झौता गर्ने तयारी सरकारले गरेको छ ।


ADVERTISEMENT

# # #


श्रीलंकासँग नेपाल–श्रीलंका थिङक ट्यांक गठन गर्ने सहमति हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, श्रीलंका, म्यानमारका कार्यकारी प्रमुख सहित प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा जाने निश्चित भएको छ ।